अस्ट्रेलिया बस्दै आएका विष्णुसँग बिहे गर्दै एलिना
काठमाडाैं | चैत १२, २०८०
काठमाडौं: गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।
अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।
दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तोसमेत गरिसकेका छन्।
झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।
एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। 'के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु' जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

